२०८२ भाद्र ३ गते मंगलवार
कञ्चनपुरको दोधारा चाँदनीबाट १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा तीनजना युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दोधारा चाँदनी नगरपालिका–३ का १९ वर्षीय अरबिन महता, १७ र १८ वर्षका दुई किशोर छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार दोधारा चाँदनी नगरपालिका–२ स्थित खेलमैदानमा लागेको मेला हेर्न गएको समयमा पहिलोपटक जबर्जस्ती करणी गरेको किशोरीले उजुरीमा उल्लेख गरेकी छन्।
यही भदौ १५ मा मेला हेर्न गएका बेला ललाईफकाई गरेर दोधारा चाँदनी नगरपालिका-४ बैतडा टोलस्थित उखुबारीमा करणी गरेको पीडितको भनाइ छ। भदौ १९ मा दोधारा चाँदनी नगरपालिका–१ मायापुरी सामुदायिक जंगलमा लगेर करणी गरेको किशोरीले जाहेरीमा उल्लेख गरेकी छन्।
इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आरोपितलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij