Logo

२०८२ आश्विन २९ गते बुधवार

२०८२ आश्विन २९ गते बुधवार

इन्स्टाग्रामको विज्ञापनको भर पर्दा....

इन्स्टाग्रामको विज्ञापनको भर पर्दा....


  • 2.2K
    Shares

    इन्स्टाग्रामको विज्ञापनको भर पर्दा....
    images

    काठमाडौं । भक्तपुरका एक २६ वर्षीय युवक विदेश जाने तयारी गर्दै थिए। आईइएलटीएस् परीक्षा दिएर कागजात बनाउँदै थिए। यसैक्रममा इन्स्टाग्राम पेजको टाइमलाइन स्टोरीमा उनले एक विज्ञापन देखे।

    उनले उक्त विज्ञापन भएको आईडीमा कुराकानी सुरु गरे। उक्त विज्ञापनमा भनिएको थियो, ‘सजिलै क्यानडाको भिसा लाग्ने र महिनाको ५ लाख ४५ हजार तलब पाइने।’ आकर्षक तलबको प्रलोभनमा परेका उनले ३४ लाख ५७ हजार गुमाएका छन्। 

    उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार नक्कली विज्ञापनको भर पर्दा उनी ठगिएका हुन्। प्रहरीका अनुसार अनुसार इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारका लागि क्यानडा जान वर्कपरमिट भिसा पाइने भनी नक्कली विज्ञापनमा फस्दा पीडितहरूले ठूलो रकम गुमाउन पुगेका हुन्।

    ठगी कार्यमा सलग्न भएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। पक्राउपर्नेमा कास्कीका लक्ष्मण नेपाली र सप्तरीका महाविरप्रसाद शाह छन्। प्रवक्ता रेग्मीका अनुसार विज्ञापन पछ्याउँदै सम्पर्कमा पुगेका युवकलाई उक्त इन्स्टाग्राम अकाउन्टको आईडीबाट क्यानडामा क्यासियरको काम लगाइदिने र भिसा आएपछि मात्रै पैसा दिनुपर्ने भन्दै सुरुमा प्रलोभनमा पारिएको थियो। 

    ह्वाट्सअप अकाउन्टबाट कागजात मगाई भिसा प्रोसेसिङका लागि पटकपटक उनीहरूले ३४ लाख ५७ हजार रुपैयाँ ठगी गरेका थिए। नेपालमा रहेका विभिन्न व्यक्तिको नाममा उनीहरूले पैसा डिपोजिट गर्न लगाउने गर्थे।

    पक्राउ परेका लक्ष्मण नेपालीको अकाउन्टमा मात्रै पीडितले २८ लाख बढी पैसा डिपोजिट गरेका छन्। प्रहरीका अनुसार कहिले भिसा प्रक्रिया अगाडि बढाउन त कहिले कागजात पेस गर्न तथा कहिले सर्टिफिकेट प्रमाणित गर्न भन्दै पैसा माग्ने गरेका थिए।

    आकर्षक तलबको लोभमा परेका पीडित युवकले ३४ लाख बढी पठाउँदासमेत आफू ठगिएको पत्ता पाएनन्। जब ठगी गर्नेहरू सम्पर्कविहीन भए उनले खोजीका लागि प्रहरीमा जाहेरी दिएका थिए। पैसा पठाएको व्यक्ति खोज्ने क्रममा नेपालमा बसेर लक्ष्मण र महाविरले पैसा उठाउने गरेको प्रमाण प्रहरीले फेला पारेको छ। प्रहरीसँगको बयानका क्रममा महाविरले आफूले पाकिस्तानी नागरिकको अनुरोधमा काम गरेको बताएका छन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

    प्रकाशित मिति :भाद्र २० २०८० बुधवार - ०७:०३:४० बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij