Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

क्रिश्चियन धर्म प्रचारक महिला-पुरुषलाई दले कालोमोसो

क्रिश्चियन धर्म प्रचारक महिला-पुरुषलाई दले कालोमोसो


  • 3.4K
    Shares

    • images
    क्रिश्चियन धर्म प्रचारक महिला-पुरुषलाई दले कालोमोसो

    जनकपुरधाम । जनकपुरधामको परिक्रमा सडकमा क्रिश्चियन धर्मको प्रचार गर्ने महिला-पुरुषलाई हिन्दूवादी युवाहरूले कालोमोसो दलेका छन् ।

    नाम नखुलेको एक महिला र एक पुरुषलाई हिन्दू सम्राट् सेनाका अमित राउत नेतृत्वमा रहेका युवाहरूले कालोमोसो दलेका हुन् ।

    हिन्दू धर्मको गलत व्याख्या गरी क्रिश्चियन धर्मको प्रचार गर्ने गरेकाले उनी दुवै जनालाई कालोमोसो दलेर प्रहरीमा बुझाएको हिन्दूवादी महिला मञ्जु मण्डलले जानकारी दिइन् । अहिले उनी दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

    एक महिला र पुरुषलाई अहिले भर्खर ल्याएको र थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

    प्रकाशित मिति :भाद्र १९ २०८० मंगलवार - १३:३२:४७ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij