Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

अनुदानको चिनी खरिद प्रक्रिया अगाडि बढ्न सकेन

अनुदानको चिनी खरिद प्रक्रिया अगाडि बढ्न सकेन


  • 2.7K
    Shares

    अनुदानको चिनी खरिद प्रक्रिया अगाडि बढ्न सकेन

    काठमाडौँ । सरकारी अनुदानको चिनी खरिद प्रक्रिया अहिलेसम्म अगाडि बढ्न सकेको छैन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी खरिदका लागि महिनाअघि अर्थ मन्त्रालयसँग स्वीकृति माग गरेको भए पनि स्वीकृति नदिएपछि चिनी खरिद अगाडि बढ्न नसकेको हो । 

    अर्थ मन्त्रालयका उपसचिव धनीराम शर्माले चिनी खरिद स्वीकृति मागको फाइल मन्त्रालयमा आए  पनि  खरिदको  विषयमा  अहिलेसम्म  कुनै  निर्णय  नभएको  जानकारी  दिए  ।  उनले  भने, ‘चिनी खरिदको विषयमा मन्त्रालयमा छलफल भएको छ, अहिलेसम्म चिनी के कति परिणामको खरिद गर्न स्वीकृति दिने भन्ने विषयमा कुनै निर्णय भएको छैन ।’ 

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट्र टेडिङ कर्पाेरेसन र नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत ५० प्रतिशत भन्सार छुटमा ६० हजार टन चिनी खरिद गर्न साउन १८ गते र साउन ३१ गते दुुई वटा पत्र अर्थ मन्त्रालयमा पेस गरेको छ । त्यसपछिका दिनमा पनि वाणिज्य मन्त्रालयले चिनीका विषयमा बारम्बार ताकिता गरेको छ तर अर्थ मन्त्रालयले स्वीकृति दिएको छैन । अब पनि छिटो निर्णय गरिएन भने यस वर्ष पनि दसैँतिहारमा बजारमा चिनीको अभाव हुने  देखिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

     

    प्रकाशित मिति :भाद्र १८ २०८० सोमवार - ०६:०२:५७ बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij