Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

रिलायबल नेपाल लाइफ ईन्स्योरेन्स सातौं वर्षमा प्रवेश

रिलायबल नेपाल लाइफ ईन्स्योरेन्स सातौं वर्षमा प्रवेश


  • 2.2K
    Shares

    रिलायबल नेपाल लाइफ  ईन्स्योरेन्स सातौं वर्षमा प्रवेश

    काठमाडौं । जीवन बीमा कारोवार शुरु गरेको ६ वर्ष पुरा गरी सातौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा रिलायबल नेपाल लाईफ ईन्स्योरेन्स ले विभिन्न कार्यक्रम गरि मनाएको छ ।

    त्यस उपलक्ष्यमा कम्पनीप्रति विश्वास गरी बीमालेख खरिद गर्ने करिब ७० लाख बीमितहरू, कम्पनीको पहुँचलाई दूरदराजसम्म पुर्‍याउन अहम् भूमिका खेल्ने रिलायबल एडभाइजर ग्रुप, नियमनकारी निकायहरू, लगनीकर्ताहरू, अहोरात्र कामप्रति समर्पित कर्मचारी वर्गहरू, पत्रकारलगायत समस्त सरोकारवालाहरूलाई कम्पनीले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

    हालसम्मको उपलब्धिबाट कम्पनीलाई थप कार्य गर्नका लागि ऊर्जा प्राप्त भएको कम्पनीले जनाएको छ । भविष्यमा अझ ठूलो जिम्मेवारी वहन गर्नका लागि थप प्रेरणा प्राप्त हुने अपेक्षा कम्पनीले लिएको छ ।

    साथै, स्टेकहोल्डर्सबाट थप सहयोग तथा विश्वास प्राप्त हुने अपेक्षा समेत कम्पनीले लिएको छ । अगाडि दिनमा कम्पनीले सेवालाई उच्च प्राथमिकता राखी, थप ग्राहकमैत्री बनाई उत्कृष्ठ कारोबार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

    वार्षिकोत्सवको अवसरमा कम्पनीले केन्द्रीय कार्यलय, बुटवल र दमक शाखाहरूमा रक्तदान, समता गुठीलाई नगद सहयोग, मन्दिर सरसफाई, विभिन्न वृद्धा आश्रममा खाद्य सामग्रीहरू वितरण, विद्यालयमा स्टेशनरी सामन वितरण, वृक्षारोपण गरी सातै प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्य गरी वार्षिक उत्सव हर्सोउल्लास रूपमा मनाएको छ ।

    प्रकाशित मिति :भाद्र १७ २०८० आइतवार - १०:४७:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij