Logo

२०८२ भाद्र २० गते शुक्रवार

२०८२ भाद्र २० गते शुक्रवार

सुर्खेतमा कोरकटर मेसिनद्वारा कालोपत्रको गुणस्तर जाँच शुरु

सुर्खेतमा कोरकटर मेसिनद्वारा कालोपत्रको गुणस्तर जाँच शुरु


  • 7.3K
    Shares

    सुर्खेतमा कोरकटर मेसिनद्वारा कालोपत्रको गुणस्तर जाँच शुरु
    images

    सुर्खेत । पूर्वाधार विकास निर्देशनालय कर्णाली प्रदेशले राजधानी सुर्खेतमा कालोपत्र गरिएका सडकको गुणस्तर जाँच शुरु गरेको छ । निर्देशनालयले कर्णालीमै पहिलोपटक कोरकोटर मेसिनले पक्की सडकको गुणस्तर मापन गर्न थालेको हो ।

    यसअघि बनेका सडक बनेको दुई/तीन महिनामै कालोपत्र उप्कने र बाहिर आँखाले मात्र गरिएको अवलोकनले गुणस्तरको वास्तविकता थाहा नभएकाले चालु आर्थिक वर्ष २०७७/७८ बाट कोरकटर मेसिनबाट कालोपत्र सडकको गुणस्तर जाँचकार्य शुरु गरिएको पूर्वाधार विकास निर्देशनालय सुर्खेतका निर्देशक वासुदेव पौडेलले जानकारी दिनुभयो । 

    “सडक कालोपत्र भएको एक हप्ताभित्रै हामीले कोरकटर मेसिनबाट गुणस्तर जाँच गर्छौँ”, निर्देशक पौडेलले भन्नुभयो, “यसले निर्माण व्यवसायीले मापदण्डानुसार सडक पक्की गरे÷नगरेको बेलैमा जानकारी हुन्छ ।” उहाँले पक्की सडकको मोटाइ चार सेन्टिमिटर हुनुपर्ने र कालोपत्र गरिएको सडकको गुणस्तर जाँच गर्दा मापदण्डअनुसार हुनुपर्ने बताउनुभयो ।

    आधुनिक मेसिनबाटै पक्की सडकको गुणस्तर जाँच शुरु गरिएकाले अब निर्माण व्यवसायीले कमजोरी गर्न नपाउने र त्यसो गर्नेलाई छुट पनि नहुने उहाँको भनाइ थियो । निर्देशक पौडेलका अनुसार कर्णालीमा निर्माण हुने पक्की सडकका लागि अब कोरकटर मेसिनबाटै गुणस्तर नापिने छ ।

    बिहीबार निर्देशनालयले वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेत इत्रामबाट मूलबजारसम्म जोड्ने सडकमा गरिएको कालोपत्रको तीन स्थानमा कोरकटर मेसिनबाटै गुणस्तर मापन गरेको थियो । चालु आवको असार मसन्तसम्म प्रदेश राजधानी सुर्खेतमा ३२ किलोमिटर सडक कालोपत्र गरिने निर्देशनालयले जनाएको छ ।  रासस

    प्रकाशित मिति :फाल्गुण २१ २०७७ शुक्रवार - १०:२५:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij