२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । सोमबार नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ को प्रथम संशोधन जारी गर्दै सिजनल प्रकृतिसहितका व्यवसायीले एकै वर्ष दुई पटकसम्म आकस्मिक प्रकृतिको चालु पुँजी कर्जा लिन मिल्ने व्यवस्था कार्यन्वयनमा आएको छ।
मार्गदर्शनमा चालु पुँजी कर्जा लिएका ऋणीहरुले एक आर्थिक वर्षमा दुई पटक भन्दा बढी आकस्मिक प्रकृतिको (एडिएचओसी) कर्जा आवश्यक परेमा सम्बन्धित बैंक तथा वित्तीय सस्थाको संचालक समितिले निणर्य गरि कर्जा दिन मिल्ने उल्लेख गरेको हो ।
जारी मार्गदर्शनले चालु पुँजी कर्जाका ऋणीहरुको सोही संस्थामा वा अन्य संस्थामा रहेको कुनै पनि कर्जा चुक्ता गर्ने प्रयोजनका लागि थप कर्जा प्रदान गर्ने वा कर्जाको सीमा थप गर्न नपाउने व्यवस्था गरेको छ।
तर ऋणीले यवसासँग सञ्चालकै लागि ऋण मागेमा बैंकले ऋण दिन सक्ने व्यवस्था गरेको छ। यस्तो ऋण चालु पूँजी कर्जापछिको थप कर्जा हो, जुन व्यवसायीले कारण सहित कर्जा माग गरे वर्षमा दुइ पटकसम्म कर्जा थप गर्न पाउनेछन्।
यसअघि यस प्रकारको कर्जा ऋणीले वार्षिक एक पटकमात्रै लिन पाउँदै आएकोमा अब थप दुई पटक लिन पाउने भएका हुन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij