Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सुनचाँदीको कारोबार गर्दै हुनुहुन्छ ? यस्तो छ आजको मूल्यसूची

सुनचाँदीको कारोबार गर्दै हुनुहुन्छ ? यस्तो छ आजको मूल्यसूची


  • 2.6K
    Shares

    सुनचाँदीको कारोबार गर्दै हुनुहुन्छ ? यस्तो छ आजको मूल्यसूची

    काठमाडौं । आज सोमबार पनि सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य लगातार चार दिनसम्म स्थिर रहेको छ ।

    आज छापावाला सुनको मुल्य अघिल्लो दिन १ लाख ११ हजार १०० रुपैयाँमा किनबेच भएको थियो । आज पनि सोही मूल्य कायम भएको छ । र तेजावी सुनको मूल्य १ लाख १० हजार ५५० रुपैयाँ तोकिएको छ ।

    गत बिहीबार १ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको सुन त्यसपछि लगातार सोही मूल्य निर्धारण भई खरिदबिक्री भएको हो ।

    तर, चाँदीको मूल्य भने घटबढ भईरहेको छ । आइतबारको तुलनामा चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ४६० रुपैयाँ कायम भएको छ । साताको पहिलो कारोबार दिन भने १ हजार ४६५ रुपैयाँमा किनबेच भएको थियो ।

     

    प्रकाशित मिति :भाद्र ११ २०८० सोमवार - १०:०४:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij