Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सन्दीपको मुद्दामा आज पनि भएन सुनुवाइ, एसिया कप खेल्न भोलि पाकिस्तान जाने

सन्दीपको मुद्दामा आज पनि भएन सुनुवाइ, एसिया कप खेल्न भोलि पाकिस्तान जाने


  • 4.5K
    Shares

    सन्दीपको मुद्दामा आज पनि भएन सुनुवाइ, एसिया कप खेल्न भोलि पाकिस्तान जाने

    काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार काठमाडौं जिल्ला अदालतमा पेसी तोकिए पनि सुनुवाइ हुन सकेन । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी तोकिएको मुद्दा ‘हेर्न नभ्याइने’ भन्दै पन्छाइएको हो ।

    आजका लागि तोकिएको सुनुवाइ स्थगित भएसँगै सन्दीप भोलि (सोमबार) पाकिस्तान जाने उनका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिए। एसिया कप खेल्न उनी पाकिस्तान जान लागेका हुन्।

    सन्दीपका कानुन व्यवसायीले यसअघि नै सन्दीपलाई पाकिस्तान पठाउने तयारी गर्न नेपाल क्रिकेट संघ (क्यान) लाई जानकारी गराइसकेको थियो।

    यसअघि साउन ३२ गते न्यायाधीश राजकुमार खतिवडाको इजलासले सन्दीपविरुद्ध जाहेरी दिने किशोरीकी आमाको जन्ममिति यकिन गर्न आदेश दिएको थियो। पेस गरिएको आमाको उमेर विवादित देखिएपछि अदालतले थप प्रमाण बुझ्न भनेको थियो। 

    उनको उमेर प्रमाणित हुने कागजात अदालतमा पेस भइसकेको छ। अन्तिम सुनुवाइका लागि मुद्दा पटकपटक पेसी चढाइएको छ। तर फैसलाका लागि बहस हुन सकेको छैन। जिल्ला अदालतमा यो मुद्दा २६ औं पटक पेसीमा चढेको हो। 

    सन्दीपविरुद्ध एक किशोरीले बलात्कारको आरोपमा २०७९ कार्तिक १४ गते जाहेरी दिएकी थिइन्। प्रहरीले सन्दीपलाई पक्राउ गरेर अनुसन्धान सकेपछि जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेको थियो। 

    थुनछेक बहसपछि जिल्ला अदलातले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। उक्त आदेशविरुद्ध सन्दीपले उच्च अदालतमा निवेदन दिए। 

    उच्च अदालतले सन्दीपलाई धरौटीमा रिहा गर्ने आदेश दिए पनि विदेश जान भने प्रतिबन्ध लगाएको थियो। तर सर्वोच्च अदालतले उच्चको अरु आदेश सदर गर्दै विदेश जान लगाइएको प्रतिबन्ध हटाएको थियो। लामिछानेले पीडितको जन्ममितिको शंकास्पद कागजात पेस गरेका थिए।

    सम्बन्धित निकायमा त्यो कागजात नभेटिएपछि गत सोमबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले सन्दीपलाई कागज गराई सम्बन्धित निकायबाट प्रमाणित विवरण मगाउनु भनी आदेश गरेका थिए। 

    प्रकाशित मिति :भाद्र १० २०८० आइतवार - १५:३१:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij