Logo

२०८२ भाद्र २० गते शुक्रवार

२०८२ भाद्र २० गते शुक्रवार

एउटा घरमा चोरी गर्न चोरले डेढ करोड रुपैयाँ यसरी गर्यो लगानी 

एउटा घरमा चोरी गर्न चोरले डेढ करोड रुपैयाँ यसरी गर्यो लगानी 


  • 9.7K
    Shares

    एउटा घरमा चोरी गर्न चोरले डेढ करोड रुपैयाँ यसरी गर्यो लगानी 
    images

    एउटा चोरले चोरी गर्नको लागि कतिसम्म लगानी गर्ला । चोरीका लागि ताला फुटाउने, भित्ता फुटाउने सामानहरुको लागि केही हजार वा ठूलै चोरी भए १–२ लाखसम्म लगानी गर्लान् । तर, एउटा घरमा चोरी गर्नको लागि के चोरले डेढ करोड रुपैयाँ लगानी गर्लान् ? यो झट्ट पत्याउन सकिने कुरा होइन तर भारतको राजस्थानको जयपुरमा यस्तै आश्चर्यजनक घटना भएको छ ।

    राजस्थानको पिंकसिटी जयपुरमा एक जना नामी डाक्टरको घरमा चोरीको ठूलो घटना भएको छ । बुधबार चोरहरुले नगरका केश प्रत्यारोपण डाक्टर सुनीत सोनीको घरबाट करोडौँ रुपैयाँको चाँदी चोरी गरेका छन् । चोरीको लागि घर नजिकैको खाली जमिन लगभग २० फिट लामो सुरुङ खनिएको थियो। त्यसपछि चोरहरुले ३ वटा फलामे बाकसमा राखिएका चाँदीका वस्तुहरु लिएर गएका छन् ।

    शुक्रबार वैशाली नगरस्थित आम्रपाली वृत्तको डी–ब्लकमा बस्दै आएका डा. सोनीले चोरीको उजुरी गरेको जयपुरका एसिपी रायसिँह बेनीवालले बताए । उजुरीमा डा. सोनीले आफू २ दिनअघि घरको बेसमेन्टमा गएको बताएका छन् । त्यहाँ राखिएका चाँदीका गहनाहरू हराएको उनले उल्लेख गरेका छन् । त्यहाँ राखिएका चाँदीका बाकसहरु काटिएका थिए । बाकसमुनि लगभग २ फिट गहिरो खाडल देखियो । अनुसन्धानले खुलेअनुसार लगभग २० फिट लामो सुरुङबाट चाँदी चोरिएको थियो ।

    वैशाली नगरका प्रहरी चौकी इन्चार्ज अनिल जेमनले भने, डा। सोनीले चोरीको उजुरीमा चोरी भएको चाँदीको तौल र मूल्य भने खुलाएका छैनन् । उनले चाँदीका गहनाहरू चोरी भएको मात्र रिपोर्ट गरेका छन्। प्रहरीले प्रारम्भिक अनुसन्धान गर्दा बेसमेन्टमा रहेका तीनवटा फलामे बाकसमा धेरै क्विन्टल चाँदी रहेको दाबी गरेको छ । यी बाकसहरू भुइँमा बनाइएका थिए र बाकसमाथि टाइल राखेर पक्की भुइँ बनाइएको थियो ।

    पुलिसका अनुसार यो बस्तीमा डा. सोनीको घरको ठीक पछाडि घर नम्बर डी–१३५ छ। यो घर जनवरी ४ मा बनवारी लाल जांगिड नाम गरेका व्यक्तिले करिब ९० लाख भारतीय रुपैयाँमा किनेका थिए । यही घरको एउटा खाली कोठाबाट भुइँमा लगभग चार फिट गहिरो सुरुङ खनिएको थियो । चोरले लगभग २० फिट लामो सुरुङ खनेर डाक्टरको बेसमेन्टमा पुगेका थिए । चोरहरूले जमिनमा भएका बाकसहरूमा रहेका चाँदीका गहनाहरू चोरे त्यसपछि माटो हालेर सुरुङ बन्द गरे र भुइँमा टाइलहरू पनि राखिदिए ।

    प्रकाशित मिति :फाल्गुण २० २०७७ बिहिवार - १३:४१:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij