Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बिजुली उत्पादनबाटै आत्मनिर्भर अर्थतन्त्र बनाउन सरकार लागेको छ : प्रधानमन्त्री 

बिजुली उत्पादनबाटै आत्मनिर्भर अर्थतन्त्र बनाउन सरकार लागेको छ : प्रधानमन्त्री 


  • 2.4K
    Shares

    बिजुली उत्पादनबाटै आत्मनिर्भर अर्थतन्त्र बनाउन सरकार लागेको छ : प्रधानमन्त्री 

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार बिजुली उत्पादनबाटै आत्मनिर्भर अर्थतन्त्र बनाउने बाटोमा लागेको बताए ।

    आज मङ्गलवार भरतपुर २२०/१३२ केभी सबस्टेशन र हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताए। 

    उनले देशभित्र उत्पादित बिजुली यहीँ खपत गरी नागरिकको जीवनस्तरमा सुधार गर्न तथा विकासमा तीव्रता दिन र बाँकी भएको बिजुली निर्यात गरी अर्थतन्त्रलाई समृद्ध बनाउने गरी काम भइरहेको उल्लेख गरे।

    ‘एउटा छिमेकी देश भारतसँग १० वर्षमा १० हजार मेगावाट बिजुली व्यापार गर्ने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ, यसलाई चाँडै अन्तिम हस्ताक्षर गर्ने प्रचण्डले बताए । 

    नेपालको बिजुली बङ्गलादेशसम्म पुर्‍याउन तीन देशबीच सैद्धान्तिक सहमति भइसकेको छ’, उनले भने, ‘अर्को छिमेकी देश चीनको भ्रमणमा छिट्टै जाँदैछु, चीनसँग प्रसारण लाइन र बिजुली व्यापारका विषयमा सम्झौताहरू हुँदैछन्, यसबाट देशको अर्थतन्त्रमा ठूलो सहयोग पुग्ने छ ।’

    प्रधानमन्त्रीले जलविद्युत् तथा प्रसारण लाइन आयोजना निर्माणमा रहेको रुख कटान र जग्गा अधिग्रहणको समस्या मौजुदा कानुनको संसोधन र नयाँ कानुनको निर्माण गरी सम्बोधन गरिने र १२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् रूपान्तरणकारी आयोजना र १० हजार आठ सय मेगावाटको कर्णाली चिसोपानी आयोजनालाई अद्यावधिक अध्ययन गराउन औचारिक रूपमा प्राधिकरणलाई दिन लागिएको उनले उल्लेख गरे।

    प्रचण्डले नयाँ भरतपुर सबस्टेशन र हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन पूर्व पश्चिम बिजुली आपूर्तिका लागि रणनीतिक महत्त्वको रहेको बताए।

    प्रकाशित मिति :भाद्र ५ २०८० मंगलवार - १५:२६:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij