२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले ७ लाख ५१ हजार ६९९ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।
बैंकले संस्थापक समूहको सेयर भदौ ५ गतेदेखि भदौ १९ गतेसम्म बिक्री खुला गरेको हो । बैंकले बिक्रीमा राखेको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता १०१ रुपैयाँ तोकेको छ । आवेदन दिँदा सो वा सो मूल्यभन्दा बढी कबोल गरी पेश गर्नुपर्नेछ ।
खरिद गर्न इच्छुक लगानीकर्ताहरुले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । बैंकको सेयर बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij