२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । आज मङ्गलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै सुनको मूल्य २०० रुपैयाँले बढेको जानकारी दिएको हो ।
जसअनुसार छापावाल सुनको मूल्य १ लाख १० हजार ३ सय रुपैयाँ रहेको छापावाल सुन मङ्गलबार बढेर १ लाख १० हजार ५ सय रुपैयाँ पुगेको छ । त्यस्तै, १ लाख ९ हजार ७ सय ५० रुपैयाँ रहेको तेजावी सुनको मुल्य आज बढेर १ लाख ९ हजार ९ सय ५० रुपैयाँ पुगेको छ ।
यता, चाँदीको मुल्य पनि प्रतितोला २५ रुपैयाँले बढेर १ हजार ४ सय १५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । यसअघि चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँ रहेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij