२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दैै हिजो आइतबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको जनाएको हो ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ७५० रुपैयाँ कायम छ । हिजो आइतबार समेत यही मूल्यमा सुन र चाँदीको कारोबार भएको महासंले जनाएको छ ।
यता, चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार हुनेछ । यसअघि पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij