२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू कलाकार बन्ने इच्छाद्वारा प्रेरित बनेको बताएका छन्।
शनिबार गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ र नृत्यतर्फको ‘मेरो डान्स युनिर्भस’ कार्यक्रमको अन्तिम प्रतिस्पर्धा हेर्न ललितपुरको गोदावरी पुगेका प्रचण्डले भनेका हुन्।
उनले आफू जमानामा कलाकार हुने इच्छाबाट प्रेरित भएको भन्दै अहिले प्रधानमन्त्री बन्दा पनि कला र संस्कृतिलाई सक्दो सहयोग गरिरहेको बताए।
कला, साहित्य र संस्कृति बढी भावना र संवेदनासँग सम्बन्धित हुने भन्दै कला धेरै नै शक्तिशाली हुने र कलाले मानिसलाई जोड्न र एकतालाई सुदृढ बनाउँदै आफ्नो पहिचानलाई विश्वव्यापी स्थापित गर्न भूमिका खेल्ने बताए।
‘म पनि आफ्नो जमानाको कलाकार हुने इच्छाद्वारा प्रेरित मान्छे हुँ। मैले कला र संस्कृतिलाई आफ्नो ठाउँबाट पहिलो पटक प्रधानमन्त्रीको हैसियतले अघि बढाउन सक्दो सहयोग गरेँ। आउने दिनमा पनि गर्ने नै छु। जसरी कला, साहित्य र संस्कृति बढी भावना र संवेदनासँग हुन्छ र त्यो धेरै शक्तिशाली हुन्छ’, उनले भने, ‘त्यसले मानिसलाई जोड्छ, एकतालाई सुदृढ गर्छ, आफ्नो पहिचान विश्वमा स्थापित गर्दछ। आज यहाँका प्रस्तुति हेर्दै गर्दा हामी नेपालीहरु तपाईंहरुले नयाँ नेरेटिभ पनि बनाउनुभयो। हामी सात करोड छौँ भन्ने स्थापित गर्नुभयो। हामी जहाँ भएपनि नेपाली हौँ, नेपाली मन, भाव, संस्कृति, भाषाप्रति गर्व गर्छौं भन्ने सन्देश गएको छ, धेरै शक्तिशाली सन्देश गएको छ।’
प्रधानमन्त्री प्रचण्डले नेपालीहरु जहाँ भए पनि नेपाली मन, भाव, संस्कृति, भाषाप्रति गर्व गर्न सक्नुपर्ने बताएका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij