२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । प्रभु बैंक लिमिटेडले आजदेखि सर्वसाधारणका लागि संस्थापक सेयर बिक्रीमा ल्याएको छ। कम्पनीले संस्थापक समूह तर्फको एक लाख ९४ हजार २४१ कित्ता संस्थापक सेयर सर्वसाधारणका बिक्रीमा ल्याएको हो ।
सेयर खरिद गर्ने चाहने इच्छुक जो कोहि ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (भदौ ३ गते) ले १५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय बबरमहल काठमाडौंमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले यस अघि विद्यमान संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिदै सेयर बिक्रीमा ल्याए पनि तोकिएको अवधिमा कुनै पनि आवेदन नपरे पछि अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij