२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ / युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा २० करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
साविकको युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीच मर्ज भएको बनेको युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा २० करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा ४४.६९ प्रतिशतले बढी हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ को असार मसान्तमा १३ करोड ९६ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ ।
कम्पनीको खुद बीमाशुल्क भने १७.६३ प्रतिशतले घटेर ६१ करोड ९७ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधीमा कम्पनीले ७५ करोड २३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
यस्तै कम्पनीले पुनर्बीमा कमिशन बापत १९ करोड २६ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट ८ करोड २७ लाख रुपैयाँ आम्दानी गरेको छ । यता इन्स्योरेन्स कम्पनीको बीमा कोष पनि ४२ करोड २ लाखबाट बढेर ७४ करोड ७२ लाख रुपैयाँ पुगेको छ । महाविपत्ति जगेडामा ३ करोड १९ लाख रुपैयाँ सञ्चित छ ।
युनाइटेड र अजोड इन्स्योरेन्स मर्जभएसँगै युनाइटेड अजोड इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ९० करोड रुपैयाँ पुगेको छ । इन्स्योरेन्सको जगेडा कोषको आकार बढेर ६० करोड ९७ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिमा १९ करोड ३८ लाख रुपैयाँ थियो ।
हालसम्म इन्स्योरेन्सले १ अर्ब ६३ लाख रुपैयाँ बराबरको कूल बीमाशुल्क संकलन गरेको छ । जुन गत वर्षको तुलनामा ४.४९ प्रतिशतले बढेको हो । २०७९ असारसम्ममा कम्पनीले एक अर्ब ५६ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको थियो ।
त्यस्तै, जारी बीमालेखको संख्या घटेर एक लाख २६ हजार २७४ मा झरेको छ । इन्स्योरेन्सले अघिल्लो आवको असारसम्ममा १ लाख ३७ हजार २०७ वटा बीमालेख जारी गरेको थियो । समीक्षा अवधिमा २२ हजार ५२८ वटा बीमालेख नविकरण गरिएको थियो ।
इन्स्योरेन्सले दावी भुक्तानी पनि बढाएको छ । अघिल्लो वर्ष ६९ करोड ४२ लाख रुपैयाँ बराबरको दावी भुक्तानी गरेको कम्पनीले गत आवमा ८० करोड ३५ लाख रुपैयाँ बराबरको दावी बीमितलाई भुक्तानी गरेको छ । इन्स्योरेन्सले १४ हजार २३३ जना बीमितलाई १ अर्ब ७५ करोड रुपैयाँ बराबरको दावी भुक्तानी गर्न बाँकी छ ।
यस्तै, इन्स्योरेन्सको व्यवस्थापन खर्च भने बढेर ३ करोड २७ लाख पुगेको छ । जुन गत आवको असार मसान्तसम्ममा २ करोड ८३ लाख रुपैयाँ थियो । कम्पनी मर्जरमा गएसँगै व्यवस्थापन खर्च ह्वात्तै बढेको हो । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ ६१ पैसा, प्रति शेयर नेटवर्थ १७२ रुपैयाँ ९३ पैसा र मूल्य आम्दानी अनुपात ४८.९१ गुणा बढी रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij