Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

भदौँ १ गतेदेखि लागूहुने गरी राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ?

भदौँ १ गतेदेखि लागूहुने गरी राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ?


  • 2.7K
    Shares

    भदौँ १ गतेदेखि लागूहुने गरी राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ?

    काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार निक्षेपमा भदौ महिनाको लागि ब्याजदर बढाएर सार्वजनिक गरेको हो ।

    बैंकले भदौ महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.९९ प्रतिशतदेखि अधिकतम ६.६ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ ।

    बैंकले साधारण बचत खातामा ब्याज स्थिर राखेपनि मुद्दति निक्षेपमा भने बढाएको छ । बैंकले मुद्दति निक्षेपमा संस्थागत तर्फ ७।९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । यसअघि सोही ब्याजदर ६.९९ र ८.९९ प्रतिशत थियो । बैंकले रेमिट्यान्स बचत खातामा १०.९९ प्रतिशत ब्याजदर तोकेको छ । 

    बैंकले कर्जाको ब्याजदरमा भने बेसरेटमा अधिकतम ३.७५ प्रतिशत र न्यूनतम १.५ प्रतिशतसम्म प्रिमियम लिने भएको छ । बैंकले आधार दरमा प्रिमियम जोडेर कर्जाको ब्याजदर कायम गरिने जनाएको छ । बैंकको आधार दर ८.०२ प्रतिशत रहेको छ । हाल बैंकको ब्याजदर अन्तर ३.९८ प्रतिशत छ ।

    प्रकाशित मिति :श्रावण ३२ २०८० बिहिवार - १५:१९:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij