Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

इन्धनको मूल्य १८० प्रतिशतसम्मले बढेपछि कर्मचारीको तलब वृद्धि गर्न आदेश

इन्धनको मूल्य १८० प्रतिशतसम्मले बढेपछि कर्मचारीको तलब वृद्धि गर्न आदेश


  • 3.5K
    Shares

    इन्धनको मूल्य १८०  प्रतिशतसम्मले बढेपछि कर्मचारीको तलब वृद्धि गर्न आदेश
    images

    सिरियाली राष्ट्रपति बसर अल असदले सरकारले इन्धनको मूल्यमा चर्को वृद्धि गरेपछि सबै कर्मचारीहरुको तलव बढाउन आदेश दिएका छन्।

    मंगलबार सिरियाली सरकारले इन्धनको मूल्यमा तीव्र वृद्धि गरेसँगै राष्ट्रपतिले कर्मचारीहरुको तलब शतप्रतिशत बढाउन आदेश दिएका हुन्। राज्यका कर्मचारी, सेवानिवृत्त कर्मचारी र अन्य सैनिकहरुका लागि सन् २०११ पछि नवौँ पटक तलब वृद्धि भएको हो।

    अहिले सिरियाको आर्थिक अवस्था संकटमा छ। यो निर्णय हुनुअघि निजामती कर्मचारीको मासिक तलब १० देखि १५ अमेरिकी डलरसम्म थियो।

    सिरियाली आन्तरिक व्यापार र उपभोक्ता संरक्षण मन्त्रालयले सवारीसाधन र बेकरीका लागि डिजलको मूल्यमा लगभग १८० प्रतिशत र पेट्रोलको मूल्य लगभग १६५ प्रतिशले बढाएको छ।

    इन्धनको मूल्यवृद्धिका कारण बुधवार धेरै बस चालकहरु काममा नगएपछि सडकमा यात्रु अलपत्र परेका थिए।

    इन्धनको मूल्यवद्धिका कारण खाद्य चक्रमा पनि असर पुगेको छ। खाद्य सामग्रीको मूल्य ३० देखि सय प्रतिशतसम्मले बढेको छ।

    प्रकाशित मिति :श्रावण ३२ २०८० बिहिवार - १२:१२:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij