Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

जलवायु विश्लेषणमा नयाँ मापदण्ड

जलवायु विश्लेषणमा नयाँ मापदण्ड


  • 2.0K
    Shares

    जलवायु विश्लेषणमा नयाँ मापदण्ड
    images

    काठमाडौं । हावापानी तथा जलवायु विश्लेषणका लागि नयाँ मापदण्ड जारी भएको छ। विश्व मौसम विज्ञान सङ्गठन र वातावरणीय सूचनाका लागि अमेरिकी राष्ट्रिय केन्द्रले संयुक्त रूपमा अद्यावधिक गरेर विश्वव्यापी प्रयोगका लागि बुधबार नयाँ मापदण्ड जारी गरेको हो। 

    दुई वर्षको अध्ययनपछि जलवायु विश्लेषणको नयाँ मापदण्ड जारी गरिएको विश्व मौसम विज्ञान सङ्गठनले जनाएको छ। यस मापदण्डले यसअघिको सन् १९८१–२०१० को मापदण्डलाई विस्थापित गरेको छ। यसलाई ‘डब्लुएमओ क्लाइमेटोलोजिकल स्ट्यान्डर्ड नम्र्स १९९१–२०२०’ नाम दिइएको छ। यस मापदण्डले उपलब्ध दिन, हप्ता, महिना वा वर्ष औसतभन्दा न्यानो वा चिसो छ वा छैन भनेर मूल्याङ्कन गर्न ३० वर्ष लामो आधाररेखा उपलब्ध गराउँछ। जसलाई जलवायु मानक भनिन्छ। 

    नयाँ मापदण्डले उपलब्ध गराएका तथ्य ३० वर्षको अवधिमा जलवायुसम्बन्धी तथ्याङ्कको औसतका रूपमा लिइने छ। सङ्गठनका अनुसार यो मापदण्ड बनाउन विश्वका १४० भन्दा बढी देश, हजारौँ भूगोल तथा स्थानबाट तथ्याङ्क सङ्कलन गरी औसत तथ्य अद्यावधिक गरिएको हो। नयाँ मापदण्डले जलवायु परिवर्तनको अनुगमन र जलवायु संवेदनशील क्षेत्रको अध्ययन तथा विश्लेषण गर्न सघाउने विश्वास लिइएको छ। हरेक १० वर्षमा यी मापदण्ड अद्यावधिक गरिनुपर्ने हुन्छ। 

    सङ्गठनका जलवायु अनुगमन प्रमुख डा. ओमर बद्दुरका अनुसार हरितगृह ग्यासको बढ्दो वायुमण्डलीय आद्रताले पृथ्वीको मौसम पहिलेको तुलनामा धेरै छिटो परिवर्तन भइरहेको छ। 

    परिणामस्वरूप मौसम विज्ञानसम्बन्धी निकाय, जलवायु–संवेदनशील क्षेत्रका साथै पानी व्यवस्थापन, ऊर्जा, स्वास्थ्य, कृषि र पशुपालन उद्योगमा त्यसको असर पर्छ। त्यसको अनुकूलनका लागि नयाँ आधार मापदण्डको प्रयोग गरेर मौसमको पूर्वानुमान गर्ने, बाली छनोट र रोपणको समय तय गर्नेलगायतका नीति तथा योजना बनाउन सकिन्छ। यो समाचार गोरखापत्र दैनिकमा छ ।

     

    प्रकाशित मिति :श्रावण ३२ २०८० बिहिवार - ०६:२६:४७ बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij