Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

पुष्पकमल दाहाल ‘प्रचण्ड’

नेपालमा सामाजिक सुरक्षाको दायराबाट अब कोहीपनि बाहिर हुने छैनन्ः प्रधानन्त्री प्रचण्ड

नेपालमा सामाजिक सुरक्षाको दायराबाट अब कोहीपनि बाहिर हुने छैनन्ः प्रधानन्त्री प्रचण्ड


  • 2.0K
    Shares

    नेपालमा सामाजिक सुरक्षाको दायराबाट अब कोहीपनि बाहिर हुने छैनन्ः प्रधानन्त्री प्रचण्ड
    images

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा सामाजिक सुरक्षाको दायराबाट कोही पनि बाहिर नहुने बताएका छन्।

    अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना शुभारम्भ समारोहमा प्रधानमन्त्री दाहालले अब कोही पनि सामाजिक सुरक्षाको दायराबाट बाहिर नहुने बताए।

    उनले वैदेशिक रोजगारीमा रहेका श्रमिकसमेत सामाजिक सुरक्षाको दायरामा आएको उल्लेख गरे। उनले अनौपचारिक क्षेत्रका झण्डै ४० देखि ५० लाखसम्मका श्रमिक र मजदुरलाई सामाजिक सुरक्षा कार्यक्रममा क्रमशः सहभागी गराइने बताए।

    प्रधानमन्त्री दाहालले देशमा समाजवाद निर्माण गर्न पनि सामाजिक सुरक्षाको योजनालाई विशेष प्राथमिकतासाथ अगाडि बढाइएको बताए। उनले अनौपचारिक क्षेत्रको खासगरी कृषि, निर्माण, यातायात र घरेलु श्रमिकको पक्षमा यस अभियानले गुणात्मक फड्को मार्ने बताए।

    उनले सामाजिक सुरक्षा कोषको संयन्त्र समाजमा उपेक्षित, उत्पीडित र अन्यायमा परेका श्रमिकलगायत वर्गको संरक्षणका लागि एउटा महत्वपूर्ण संयन्त्र भएको पनि उल्लेख गरे।

    उनले सामाजिक सुरक्षाको कार्यक्रम स्थायी र गुणस्तरीय हुँदै जानुपर्नेमा जोड दिए। प्रधानमन्त्री दाहालले वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धि स्थापनाका लागि अगाडि बढिरहेको बताए।

    प्रकाशित मिति :श्रावण ३२ २०८० बिहिवार - ०६:१८:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij