Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

अमृत क्षेत्री र ममता गुरुङको ‘झ–झल्को त्यो गाउँको’ सार्वजनिक

अमृत क्षेत्री र ममता गुरुङको ‘झ–झल्को त्यो गाउँको’ सार्वजनिक


  • 5.5K
    Shares

    अमृत क्षेत्री र ममता गुरुङको ‘झ–झल्को त्यो गाउँको’ सार्वजनिक

    काठमाडौं । गायक अमृत क्षेत्री र गायिका ममता गुरुङको स्वरमा रहेको गीत ‘झ–झल्को त्यो गाउँको’को भिडियो सार्वजनिक भएको छ । गीतमा वीरभद्र आचार्यको शब्द तथा संगीत छ ।

    गीतले गाउँघर र माया गर्ने जोडी टाढा हुँदाको पीडा देखाउन खोजेको छ । भिडियो चितवन र काठमाडौंमा छायांकन गरिएको हो । भिडियोमा विकास लामिछाने र श्रेया सिटौला फिचर्ड छन् ।

    सुब्रतराज आचार्यको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन, नन्दा अधिकारीको मेकअप, आर्यन विमलीको फोटोग्राफी तथा जया शर्माको क्रिएटिभ निर्देशन छ ।

     

    प्रकाशित मिति :फाल्गुण १९ २०७७ बुधवार - १४:२१:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij