Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

एक दशकमा कृषि बीमा अनुदान ६ अर्ब भुक्तानी

एक दशकमा कृषि बीमा अनुदान ६ अर्ब भुक्तानी


  • 2.7K
    Shares

    एक दशकमा कृषि बीमा अनुदान ६ अर्ब भुक्तानी

    काठमाडौं । पछिल्लो एक दशकमा सरकारले कृषि तथा पशुपन्छी बीमाको प्रिमियम अनुदानमात्र पाँच अर्ब ७० करोड रुपैयाँ भुक्तानी गरेको छ । सरकारले आर्थिक वर्ष २०७०/०७१ देखि कृषि तथा पशुपन्छी बीमाको प्रिमियम अनुदान दिन सुरु गरेको थियो ।

    नेपालमा २०६९ माघ १ बाट पहिलो पटक औपचारिक रूपमा बाली बीमा सुरु भएको थियो। तर सरकारले कृषकलाई आव २०७०/०७१ बाट अनुदान दिन सुरु गरेको हो। त्यसबेला अर्थमन्त्री शंकरप्रसाद कोइराला थिए। कृषकलाई कृषि व्यवसायमा प्रोत्साहन गर्न सरकारले यो कार्यक्रम ल्याएको हो।

    बीमाको प्रिमियम अनुदानमा दिने कार्यक्रम सुरुको वर्षमा सरकारले बीमा प्रिमियम अनुदानका लागि एक करोड ७० लाख रुपैयाँ भुक्तानी गरेको थियो। सरकारले कुल बीमाको ७५ प्रतिशत प्रिमियम अनुदान दिने नीति ल्याएको थियो । त्यसबेला २५ प्रतिशत प्रिमियम कृषक आफैँले बेहोर्नु पर्ने व्यवस्था थियो ।

    यो व्यवस्थालाई पूर्वअर्थमन्त्री जनार्दन शर्माले परिवर्तन गर्दै वीमाको अनुदान ८० प्रतिशत बनाएका थिए। सुरुको ७५ प्रतिशत कृषि बाली तथा पशु बीमा अनुदानलाई पूर्वअर्थमन्त्री शर्माले गत आवको बजेटमार्फत् बढाएर ८० पुयाएका हुन् । यो समाचार कारोबार दैनिकमा छ ।

     

    प्रकाशित मिति :श्रावण ३१ २०८० बुधवार - ०६:२१:१७ बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij