Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

महालक्ष्मी विकास बैंकका ग्राहकहरुले थप ६ संस्थाको सेवामा २० प्रतिशतसम्म छुट पाउने

महालक्ष्मी विकास बैंकका ग्राहकहरुले थप ६ संस्थाको सेवामा २० प्रतिशतसम्म छुट पाउने


  • 2.2K
    Shares

    महालक्ष्मी विकास बैंकका ग्राहकहरुले थप ६ संस्थाको सेवामा २० प्रतिशतसम्म छुट पाउने

    काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटेल तथा रेस्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा रहेका संस्थाहरुसँग सम्झौता गरेको छ। 

    सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले ती संस्थाका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

    बैंकका ग्राहकले पर्साको वीरगन्ज स्थित मंगलम डायग्लोस्टिक सेन्टरको प्याथोलोजी टेस्ट सेवामा १० प्रतिशत, बाराको सिमरास्थित होटेल क्विक–२० एन्ड रिभर साइड प्रालिका सेवाहरुमा अधिकतम १० प्रतिशत, मकवानपुरको हेटौँडास्थित रिगल हेटौँडा रिसोर्ट प्रा लिका सेवाहरुमा अधिकतम १५ प्रतिशत, कैलालीको धनगढी स्थित नसर्ग हस्पिटल प्रालिका सेवाहरुमा अधिकतम २० प्रतिशत, मकवानपुरको हेटौंडा स्थित विशुद्धमोमोचाका सेवाहरुमा १० प्रतिशत र चितवनको भरतपुर स्थित कविलाश रिसोर्ट एन्ड फनपार्कका सेवाहरुमा १० प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन्।

    उक्त सहकार्यबाट बैंकका डेबिट वा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ। 

    यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतना मूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।

     

    प्रकाशित मिति :श्रावण २८ २०८० आइतवार - १५:३३:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij