Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

साउदीको जेलमा ४८० नेपाली, ‘छोटो समयमा धेरै पैसा कमाउने लोभमा कानुनविपरीतको काम

साउदीको जेलमा ४८० नेपाली, ‘छोटो समयमा धेरै पैसा कमाउने लोभमा कानुनविपरीतको काम


  • 1.9K
    Shares

    साउदीको जेलमा ४८० नेपाली, ‘छोटो समयमा धेरै पैसा कमाउने लोभमा कानुनविपरीतको काम
    images

    साउदी । नेपालमा रोजगारी नपाएर युवा बिदेसिने क्रम उच्च छ। केहीले विभिन्न मुलुक गएर श्रम गर्दै राम्रो आम्दानी पनि गरेका छन्। केही जहाजमा गएर बाकसमा फर्किएको तितो यथार्थ छ भने, केही विभिन्न मुलुकका जेलमा छन्।

    जेलमा पर्नुको कारण छोटो समयमा धेरै पैसा कमाउने लोभमा त्यहाँको कानुनविपरीतको काम गर्नु नै हो। अहिले साउदी अरेबियाको जेलमा ४ सय ८० नेपाली रहेको दूतावासको तथ्यांकले देखाउँछ। यो हालसम्मको तथ्यांक हो। 

    जेल पर्नेमध्ये ८० प्रतिशत मदिरा बनाउने र ओसारपसारको आरोपमा कैद सजाय भोगिरहेका छन्। बाँकी भने, साउदीको नियमविपरीत काम गरेर जेल परेको दूतावासले जनाएको छ। साउदीमा अवैधानिक तरिकाले कार्यरत कम्पनी छोडेर भाग्ने नेपालको संख्या पनि दैनिक बढ्दो दरमा रहेको छ। दूतावासका अनुसार विभिन्न सेवा सुविधा र तलबको लोभमा परी हालसम्म कम्पनी छोडेर भाग्ने नेपालीको संख्या १२ हजारभन्दा बढी छ।

    साउदी अरबस्थित दूतावासमा आउने उजुरीमध्ये सबैभन्दा धेरै पारिश्रमिक नदिएको छ भने कम्पनीले समयमा अस्थायी बसोबासको कागजपत्र ९अकामा० उपलब्ध नगराउने, आपतकालीन अवस्थामा घर जान बिदा नदिने, लामो समय काममा लगाउने, जोखिमयुक्त क्षेत्रमा काममा लगाउने तथा सम्झौताविपरीत काममा लगाउने उजुरी परेको छ। 

    साउदीमा बिना जानकारी सम्बन्धित कम्पनीबाट भागेमा साउदीको नियम र कानुनअनुसार कामदारले पाउने सेवा सुविधाबाट बञ्चित रहने छन्। जबसम्म सम्बन्धित कम्पनीले भागेका कामदारमाथि एक्जिट लगाउँदैन तबसम्म स्वदेश फिर्ता हुन पाउँदैनन्। एक्जिट लगाएको २ महिनाभित्र स्वदेश फिर्ता नभए साउदीको नियमअनुसार १–२–३ हजार जरिवाना थपिँदै जान्छ।

    साउदीमा रक्सी ओसारपसारमा कार्यमा जेल परेकाहरूलाई र जेल अवधि समाप्त गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर पुनःसाउदी अरेबिया फर्कन नसक्ने गरी बन्देजसमेत गरिन्छ भने लागुऔषधमा पनि साउदीमा कडा नियम रहेको छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

     

    प्रकाशित मिति :श्रावण २६ २०८० शुक्रवार - ०६:०५:१६ बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij