Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

एकैदिन ७०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

एकैदिन ७०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?


  • 3.2K
    Shares

    • images
    एकैदिन ७०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

    काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको मूल्य ७०० रुपैयाँले घटेको जानकारी दिएको हो ।

    हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजारमा किनबेच भएको छापावाल सुन आज तोलामा १ लाख ११ हजार ३ सयमा किनबेच भईरहेको छ । त्यस्तै, प्रतितोला १ लाख ११ हजार ४५० रुपैयाँमा किनबेच भएको तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भईरहेको छ।

    त्यस्तै, आज चाँदीको मूल्य समेत घटेको छ । १० रुपैयाँले घटेसँगै आज चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ कायम छ । हिजो बुधबार चाँदीको मूल्य तोलामा १३ सय ९० रुपैयाँ कायम थियो ।
     

    प्रकाशित मिति :श्रावण २५ २०८० बिहिवार - ११:४९:३३ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij