Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेशनल लाइफ इन्स्योरेन्सको ‘एनुअल बिजनेश लिडर्स कन्क्लेभ’ सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्सको ‘एनुअल बिजनेश लिडर्स कन्क्लेभ’ सम्पन्न


  • 2.6K
    Shares

    नेशनल लाइफ इन्स्योरेन्सको ‘एनुअल बिजनेश लिडर्स कन्क्लेभ’ सम्पन्न

    काठमाडौँ । शिफ्टिङ द पाराडाइम २०८०/८१ नाराका साथ नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४ दिने वार्षिक ‘सम्मेलन एनुअल बिजनेस लिडर्स कन्क्लेभ’ पोखरामा सम्पन्न गरेको छ । 

    कम्पनीको व्यवसायसँग सम्बन्धित वर्तमान पाटोबारे विवेचना गरी आगामी वर्षको लागि स्पष्ट खाका कोर्ने उद्देश्यले कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थियो ।

    २०८० श्रावण १८ गते देखि २१ गतेसम्म  सम्पन्न गरिएको उक्त सम्मेलनमा विभागीय प्रमुख तथा देशै भरीबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरू गरी १५० जना भन्दा बढीको सहभागिता रहेको थियो । 

    सम्मेलनमा सहभागी कर्मचारीहरूलाई नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका उपनिर्देशक हृदयेश्वर पण्डितले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा प्रशिक्षण प्रदान गरे ।

    यसै गरी, नेपाल का चर्चित मनोक्रान्तिका संस्थापक डा. योगी विकासानन्दले सहभागी कर्मचारीहरूलाई तनाव मुक्त भई कार्य गरेमा आफ्नो कार्य दक्षतामा वृद्धि हुने भएकोले आफ्नो मन मस्तिष्कलाई सन्तुलन राखी सो बाट प्राप्त हुने सकारात्मक ऊर्जाले  तनाव व्यवस्थापन गर्न सकिने विषयमा  प्रशिक्षण प्रदान गरेका थिए । 

    आर्थिक बर्ष २०७९/८० मा शाखा सञ्चालनका विभिन्न आयाममा उत्कृष्ट कार्य गर्ने पाँच शाखा कार्यालय तथा उत्कृष्ट व्यवसाय गर्ने शाखा कार्यालयहरू र विभिन्न विधामा उत्कृष्ट रहेका शाखा कार्यालयहरूलाई प्रमुख कार्यकारी अधिकृत खत्रीबाट सम्मान तथा पुरस्कृत पनि गरिएको थियो ।

    प्रकाशित मिति :श्रावण २४ २०८० बुधवार - १४:०५:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij