२०८२ भाद्र ५ गते बिहिवार
जनकपुरधाम । धनुषामा अविरल वर्षासँगै आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । जिल्लाको मिथिला नगरपालिका स्थित बसहीखोलाले बगाउँदा नगरपालिका १ आनन्दपुर बस्ने अजय कुमार यादवको मृत्यु भएको हो ।
गाउँ नजिकै रहेको बसही खोलाले बगाउँदा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिओअक कार्कीले जानकारी दिए ।
मंगलवार विहान शौच गर्न गएका उनलाई खुट्टा चिप्लिएर बाढीले बगाएको प्रहरीले जनाएको छ । स्थानीय र सुरक्षाकर्मीको सहयोगमा उनलाई उद्धार गरेर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij