Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

प्रधानमन्त्री प्रचण्डको निर्देशन- विपद् व्यवस्थापन पूर्वतयारीलाई प्रभावकारी बनाउनू

प्रधानमन्त्री प्रचण्डको निर्देशन- विपद् व्यवस्थापन पूर्वतयारीलाई प्रभावकारी बनाउनू


  • 2.0K
    Shares

    प्रधानमन्त्री प्रचण्डको निर्देशन- विपद् व्यवस्थापन पूर्वतयारीलाई प्रभावकारी बनाउनू
    images

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता अपनाउन र विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

    आज बिहान प्रधानमन्त्री प्रचण्डले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिराबाट ठूलो धनजनको क्षति भएकोप्रति सचेत रहन आग्रह गर्दै उक्त निर्देशन दिएका हुन् ।

    प्रधानमन्त्री प्रचण्डले उद्धार, राहत र पुनर्स्थापनाका लागि सम्पूर्ण ढंगले सक्रिय हुन पनि निर्देशन दिएका छन् । वर्षाका कारण आएको बाढीपहिराले मुलुकका विभिन्न ठाउँमा जनधनको क्षति पुर्‍याएको छ ।

    काठमाडौँ उपत्यकामा समेत बाढी र डुबानको समस्या देखिएको छ । अन्य धेरै जिल्लामा सर्वसाधारण प्रभावित भएका छन् भने सडक पहिराले अवरुद्ध बनेका छन् । 

     

    प्रकाशित मिति :श्रावण २३ २०८० मंगलवार - १४:२४:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij