Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

सबैभन्दा ठूलो वर्षा धनुषामा, कहाँ कति पर्‍यो पानी ? (सूचीसहित)

सबैभन्दा ठूलो वर्षा धनुषामा, कहाँ कति पर्‍यो पानी ? (सूचीसहित)


  • 5.3K
    Shares

    सबैभन्दा ठूलो वर्षा धनुषामा, कहाँ कति पर्‍यो पानी ? (सूचीसहित)
    images

    काठमाडौँ । मनसुन सक्रिय भएका कारण देशभर वर्षा हुने क्रम जारी छ। अहिले पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार विगत २४ घण्टामा देशका धेरै स्थानमा ठूलो वर्षा भएको छ। 

    ‘आज (मंगलबार) बिहान पौने ९ बजेसम्मको रेकर्ड अनुसार विगत २४ घण्टामा सबैभन्दा धेरै वर्षा धनुषामा भएको छ’, उनले भने, ‘धनुषाको तुल्सी स्टेसन (मौसम महाशाखाको वर्षा मापन केन्द्र) मा २९१ मिलिमिटर वर्षा भएको देखिएको छ।’ 

    यस्तै उक्त अवधिमा महाशाखाले वर्षामापन केन्द्र राखेका स्थान मध्ये सिमरा (बारा) र वीरेन्द्रनगर (सुर्खेत) मा धेरै भारी वर्षा भएको छ भने जनकपुर (धनुषा), काठमाडौं (काठमाडौं), पोखरा (कास्की) र भैरहवा (रुपन्देही) मा भारी वर्षा भएको छ। 

    पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरण अनुसार आज बिहान पौन ९ बजेसम्म सिमरामा १२५.७ मिलिमिटर र वीरेन्द्रनगरमा ११७.० मिलिमिटर वर्षा भएको छ। यस्तै जनकपुरमा ९०.६, पोखरामा ६६.२ मिलिमिटर, काठमाडौंमा ६४.३ मिलिमिटर र भैरहवामा ६२.६ मिलिमिटर वर्षा भएको छ। 

    माैसम महाशाखाले जारी गरेको (तापक्रम तथा) वर्षा विवरण : 

    barsa-mapan_prkEJynKxs.jpg

    प्रकाशित मिति :श्रावण २३ २०८० मंगलवार - १२:४८:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij