Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

सेती नदीमा साइकलयात्री खसे, खोजी कार्य जारी

सेती नदीमा साइकलयात्री खसे, खोजी कार्य जारी


  • 1.9K
    Shares

    सेती नदीमा साइकलयात्री खसे, खोजी कार्य जारी
    images

    पोखरा । पोखरामा एक जना साइकल यात्री सेती नदीमा खसेका छन् । बिहान बागमाराबाट पटनेरीतिर आउँदै गरेका साइकलयात्री पोखरा–२९ पटनेरीस्थित सेती नदीमा भक्तबहादुर राना पुलबाट खसेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवणकुमार विककाअनुसार बागलुङ बडीगाड गाउँपालिका वडा नम्बर ४ घर भइ पोखरा–३३ बागमारा बस्ने राना बिहान पौने १० बजेतिर सेतीमा खसेका हुन् ।

    इलाका प्रहरी कार्यालय शिशुवाले अहिले उनको खोजी गरिरहेको छ । राना सेतीमा खसेको जानकारी प्राप्त हुनासाथ खोजी कार्यका लागि प्रहरी खटाइएको र खसेका हुन् या हाम फालेको भन्ने विषय पनि अनुसन्धानमै रहेको प्रवक्ता विकले जानकारी दिए ।

    पुलको छेऊमा चप्पल भेटिएको र भक्तबहादुर नै खसेको भनेर परिवारले पहिचान गरेको प्रहरीको भनाइ छ ।

    प्रकाशित मिति :श्रावण २३ २०८० मंगलवार - १२:०३:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij