२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौँ । बहु प्रतीक्षित नागढुंगा–नौबिसे सुरुङ मार्गको एउटा टनेलको सोमबार ‘ब्रेक थ्रू’ गरिएको छ । निर्माण सुरु भएको झन्डै चार वर्ष पछि ‘रेस्क्यु टनेल’ को आज ‘ब्रेक थ्रू’ गरिएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, नेपालका लागि जापानी राजदूत, जापानी दातृ निकाय जाईकाका प्रमुख लगायतले संयुक्त रुपमा टनेलको ब्रेक थ्रु गरेका हुन्।
टनेलको ब्रेक थ्रु गर्नुअघि नेपाली र जापानी पुजा विधिद्वारा पुजाअर्चना गरिएको थियो । सो टनेलको २०७६ कात्तिक ४ गते शिलान्यास भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij