Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रभु बैंकको मुनाफा ४८.५४ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी घट्यो

प्रभु बैंकको मुनाफा ४८.५४ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी घट्यो


  • 2.3K
    Shares

    प्रभु बैंकको मुनाफा ४८.५४ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी घट्यो

    काठमाडौँ ।  प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा २ अर्ब ८२ करोड ५२ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ४८.५४ प्रतिशतले बढेको हो ।

    अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैङ्कले १ अर्ब ९० करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा बैङ्कको खुद ब्याज आम्दानी ७८.६२ प्रतिशत बृद्धि भई १० अर्ब २५ करोड ७९ लाख रुपैयाँ पुगेको छ ।

    त्यस्तै, खुद फि तथा कमिशन आम्दानी १९.०१ प्रतिशतले बढेर १ अर्ब ५३ करोड ९० लाख रुपैयाँ कायम भएको छ । समीक्षा अवधिमा बैङ्कको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ र जगेडा कोषमा १० अर्ब २ करोड ८ लाख रुपैयाँ रहेको छ । 

    गत आवको असार मसान्तसम्म बैङ्कले २ खर्ब ८९ अर्ब ९ करोड ९ लाख रुपैयाँ निक्षेप सङ्कलन गरेर २ खर्ब ३८ अर्ब २१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो आवको तुलनामा बैङ्कको निक्षेप ६१.८२ प्रतिशतले बढेको छ भने कर्जा लगानी ६३.८५ प्रतिशत घटेको छ।

    बैङ्कको खुद ट्रेडिङ्ग आम्दानी बढेर १ अर्ब ५ करोड रुपैयाँ पुगेसँगै खुद ब्याज घटे पनि बैङ्कको नाफा बढेको हो । अघिल्लो आवमा बैङ्कको यस्तो आम्दानी २३ करोड २४ लाख रुपैयाँ ऋणात्मक रहेको थियो । 

    त्यस्तै, बैङ्कको कुल सञ्चालन आम्दानी ७.४४ प्रतिशतले बढेर १० अर्ब ४९ करोड २९ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २६.०७ प्रतिशतले बढेर ४ अर्ब ५४ करोड ४२ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैङ्कको वितरणयोग्य मुनाफा १६ करोड १६ लाख रुपैयाँ मात्र रहेको छ। असअनुसार बैङ्कको ०.६९ प्रतिशत नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। 

    बैङ्कको प्रतिसेयर आम्दानी भने घटेको छ। गत आवको असार मसान्तसम्ममा बैङ्कको यस्तो आम्दानी २ रुपैयाँ ९७ पैसा घटेर १२ रुपैयाँमा खुम्चिएको छ । त्यस्तै, सोही अवधिमा मूल्य आम्दानी अनुपात १३.३३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ २५ पैसा रहेको छ।

     

    प्रकाशित मिति :श्रावण २२ २०८० सोमवार - १६:१८:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij