Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सन नेपाल लाइफको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

सन नेपाल लाइफको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा


  • 3.1K
    Shares

    सन नेपाल लाइफको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीको लागि निष्काशन गरेको आइपीओ बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्टले आज आइपीओ बाँडफाँड गरेको हो ।

    कम्पनीले साउन १ देखि साउन १५ सम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको लागि ९ लाख ६० हजार कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २३९ रुपैयाँमा शेयर निष्काशन गरेको थियो।

    बिक्री प्रबन्धकका अनुसार यस आइपीओमा कुल २७ हजार ९ सय ५ जनाले आवेदन दिएकोमा ४ जनाको आवेदन रद्द भई कुल २७ हजार ९ सय १ जना मात्र योग्य आवेदन परेको थियो ।

    क्यापिटलका अनुसार १० देखि ४० कित्तासम्मको लागि आवेदन दिने ९ हजार ७४ जना आवेदकले माग गरे अनुसार नै शेयर पाएका छन् । त्यस्तै ५० देखि ३ हजार कित्तासम्मको लागि आवेदन दिने १८ हजार ८ सय २७ जना आवेदकले ४० कित्ताका दरले शेयर पाएका छन् ।

    त्यस्तै, ५० देखि ३ हजार कित्तासम्मको लागि आवेदन दिने १८ हजार ८ सय २७ जना आवेदक मध्ये १६ सय २८ जनाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् । यस हिसाबमा लगानीकर्ताले अधिकतम ५० कित्तासम्म शेयर पाएका छन् ।

    आइपीओको नतिजा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्टको वेबसाइट, मेरोशेयरको वेबसाइट र सिडीएसले आइपीओको नतिजा हेर्न तयार पारेकोको https://iporesult.cdsc.com.np वेबसाइटबाट हेर्न सकिने छ।

    प्रकाशित मिति :श्रावण २२ २०८० सोमवार - ११:५०:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij