२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौँ । आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा आज (सोमबार) सुनको मुल्य प्रतितोला १ सय रुपैयाँले घटेको हो ।
हिजो आइतबार प्रतितोला १ लाख १२ हजार ५ सयमा किनबेच भएको छापावाल सुन आज प्रति तोला १ लाख १२ हजार ४ सय रुपैयाँमा किनबेच भईरहेको छ । त्यस्तै, प्रतितोला १ लाख ११ हजार ९५० सयमा किनबेच भएको तेजाबी सुनको मूल्य आज तोलामा १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भईरहेको छ।
त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । यससँगै, चाँदी विगत ४ दिनदेखि स्थिर कायम छ । यही साउन १८ गतेदेखि स्थिर रहेको चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँ कायम छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij