२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौँ । अप्पार लोहोरे खोला हाइड्रोपावरले निष्काशन गरेको आइपीओमा १ अर्ब १९ करोड ६५ लाख १२ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात साउन २१ ग्ते साँझ ५:०६ बजेसम्म १० लाख ५० हजार १९६ जनााले १ करोड १९ लाख ६५ हजार १२० कित्ताका लागि आवेदन दिएका हुन् ।
कम्पनीको आइपीओमा आवेदन दिने भोली अथवा साउन २२ गते अन्तिम दिन रहेको छ । कम्पनीले साउन १८ गतेदेखि सर्वसाधारणका लागि निष्काशन हो ।
कम्पनीले जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९५ अर्थात् १९ लाख ८८ हजार २३६ कित्ता साधारण सेयर बिक्रीमा ल्याएको हो । यसमध्ये १ लाख ९८ हजार ८२४ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइ बाँडफाँट भइसकेको छ ।
कर्मचारीलाई ३९ हजार ७६५ कित्ता र सामूहिक लगानी कोषका लागि ९९ हजार ४१२ कित्ता सेयर छुट्याइएको छ । बाँकी १९ लाख ५३ हजार २७९ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
आइपीओ साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा साउन ३२ गतेसम्म आवेदन दिन सकिनेछ ।
जसमा न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न पाइनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij