२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मुल्य वृद्धि भएको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा आज सुनको मुल्य प्रतिततोला ३ सय रुपैयाँले बढेको हो ।
शुक्रबार छापावाल सुनको मुल्य प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ रहेकोमा आइतबार बढेर १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ । त्यस्तै, यसअघि प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँको तेजावी सुनको मुल्य आज बढेर १ लाख ११ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, चाँदीको मुल्य प्रतितोला १ हजार ४ सय २५ रुपैयाँ रहेको महासङ्घले जनाएको छ । यसअघि पनि चाँदी सोही मूल्मया कारोबार भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij