Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

मनकामना अस्पतालमा महिला मृत्यु घटनाः अस्पतालले क्षतिपूर्ति दिएपछि परिवारले शव उठाए

मनकामना अस्पतालमा महिला मृत्यु घटनाः अस्पतालले क्षतिपूर्ति दिएपछि परिवारले शव उठाए


  • 1.8K
    Shares

    मनकामना अस्पतालमा महिला मृत्यु घटनाः अस्पतालले क्षतिपूर्ति दिएपछि परिवारले शव उठाए

    चितवन । मनकामना अस्पतालमा उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि परिवारलाई क्षतिपूर्ति दिइएको छ। अस्पतालले रु २७ लाख ५० हजार क्षतिपूर्ति दिएपछि परिवारले महिलाको शव उठाएका छन्।

    भरतपुर महानगरपालिका वडा नं २६ की ३५ वर्षीया नवीना महतोको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको थियो। मृतकका पति मणिकलाल महतोका अनुसार गत बिहीबार अनिच्छित गर्भपतनका लागि अस्पताल ल्याइएको थियो। अत्यधिक रक्तश्रावका कारण उनको गए राति १ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको थियो।

    मृतकका आफन्तले अस्पतालले गल्ती स्वीकार गर्नुपर्ने बताउँदै आएका थिए। सहमतिपछि अस्पतालले आजै रु २७ लाख ५० हजारको चेक हस्तान्तरण गरेको छ। वार्तामा सहभागी अस्पतालका चिकित्सकका अनुसार सहमतिपछि परिवारले शव उठाएका हुन्।

    नवीनाको मृत्युपछि आज बिहानैबाट मृतकका आफन्तले अस्पताल घेराउ गरेका थिए। उच्च रक्तश्रावपछि शल्यक्रिया गरेर पाठेघर झिकिएको भए पनि बचाउन नसकिएको हो। परिवारले पाँच वर्षकी छोरीको पढाइका लागि रकम माग गरेपछि अस्पतालले सो रकम दिएको हो।

    प्रकाशित मिति :श्रावण २१ २०८० आइतवार - ०७:२३:१६ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij