Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

भारतमा पहिराेले पुर्दा १० नेपालीसहित १९ जना बेपत्ता

भारतमा पहिराेले पुर्दा १० नेपालीसहित १९ जना बेपत्ता


  • 3.1K
    Shares

    भारतमा पहिराेले पुर्दा १० नेपालीसहित १९ जना बेपत्ता
    images

    भारतको उत्तरखाण्ड राज्यमा पहिरोले एउटा होटल पुर्दा १० जना नेपालीसहित १९ जना बेपत्ता भएका छन्।

    हिन्दूहरुको चर्चित धाम केदारनाथ प्रवेश गर्ने सडकखण्डको रूद्रप्रयागमा पहिरोले होटल बगाउँदा जुम्ला र हुम्ला कम्तीमा १० जना नेपालीसहित १९ जना बेपत्ता रहेको भारतीय सञ्चारमाध्यम दैनिक जागरणले जनाएको छ।

    बेपत्ता हुने नेपालीहरुमा जुम्लाका चन्द्र कामी, उनका छोरा लालबहादुर कामी, सुखरा रावत र उनका छोरा जोरा रावत रहेको उत्तराखण्ड प्रहरीले जनाएको छ। 

    पहिरोमा पुरिएको उक्त होटल हुम्ला घर भएका वीरबहादुरले गौरीकुण्डमा चलाउँदै आएका थिए। पहिरोमा पुरिएकामध्ये तीनजनाको शव प्रहरीले मन्दाकिनी नदीको किनारबाट निकालेको छ।

    वीरबहादुरको होटलमा खाना खान गएका बेला पहिरोले बगाएको हो। पहिरोमा परेर होटल सञ्चालक वीरबहादुर उनकी श्रीमती सुमित्रा, छोरी निशा र छोरा हरिबहादुर पनि बेपत्ता भएका छन्। 

    प्रहरीले उनीहरूको थर खुलाएकोको छैन। वीरबहादुरकै होटलमा खाना खाइरहेका धर्मराज बुढा र छोरा मानबहादुर बुढा पनि बेपत्ता छन्। बेपत्ता हुने थप सातजना पनि नेपाली रहेको जनाइएको छ। तर उनीहरू नेपालको कुन ठाउँका हुन भन्ने खुल्न सकेको छैन।

    बेपत्ता हुनेहरुमा अमर बोहरा, उनका छोराहरू मानबहादुर, पृथ्वी, जटिल र वकिल, श्रीमती अनिता, छोरीहरु राधिका र पिंकी छन्।पहिरोले होटललाई सोहोरेर मन्दाकिनी नदीमा पुर्‍याएको थियो। बेपत्ता भएकाहरुको खोजी भइरहेको उत्तराखण्ड प्रहरीले जनाएको छ।

    अहिले यो क्षेत्रमा भारी वर्षा भइरहेको छ। त्यहीकारण स्थानीय प्रहरीलाई उद्धार तथा खोजी तीव्र बनाउन मुस्किल भएको छ। 

    प्रकाशित मिति :श्रावण १९ २०८० शुक्रवार - १४:४५:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij