२०८२ माघ ७ गते बुधवार
काठमाडौँ । सञ्चारकर्मी तथा कलाकार रीमा विश्वकर्माले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भक्तपुरको बालकोटस्थित निवास पुगेर विश्वकर्माले ओलीसँग भेटघाट गरेकी हुन्।
विश्वकर्माले ओलीसँगका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् । उनले आफू ओलीको व्यवहार र व्यक्तित्वबाट प्रभावित भएको उल्लेख गरेकी छन्।
‘खासमा सफल व्यक्तिहरूले सिकाउने संस्कार, सभ्यता र सरलता नै रैछ’, विश्वकर्माले लेखेकी छन्, ‘नेता केपी ओलीका धेरै परिप्रेक्ष्यसँग मेरो सहमति नहोला तर व्यक्ति ‘केपी बा’ वास्तवमै प्रभावशाली लाग्यो।’
प्रशंसा गर्दै उनी अगाडि लेख्छिन्, ‘परिवर्तन रुचाउने नयाँ पुस्ताले यी पाका नेताको अनुभव पनि आत्मसात् गर्न सके नयाँ नेपाल साँच्चै गज्जबको बन्थ्यो होला !’


© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij