२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य बढेपनि भाडा भने यथावतै रहने भएको छ । नेपाल आयाल निगमले गत मंगलबार पेट्रोल प्रतिलिटर ९ रूपैयाँ तथा डिजेल र मट्टितेल लिटरमा ७ रुपैयाँले बढाएको थियो । अहिले तेस्रो वर्गको पेट्रोल प्रतिलिटर १७३, दोस्रो वर्गको १७२ र तेस्रो वर्गको पेट्रोल प्रतिलिटर १७०.५० रुपैयाँ पर्दछ ।
यातायात व्यवस्था विभागका अनुसार पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशत घटेमा वा बढेमा मात्रै भाडा वृद्धि हुने व्यवस्था रहेको छ । अहिले ५ प्रतिशत मूल्य वृद्धि नभएका कारण भाडा नबढ्ने भएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij