Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

मधेश प्रदेशमा डेंगुको प्रभाव बढ्दो २२ जना संक्रमण पुष्टि

मधेश प्रदेशमा डेंगुको प्रभाव बढ्दो २२ जना संक्रमण पुष्टि


  • 2.6K
    Shares

    मधेश प्रदेशमा डेंगुको प्रभाव बढ्दो २२ जना संक्रमण पुष्टि

    जनकपुरधाम । मधेश प्रदेशमा डेंगु संक्रमणका बिरामी बढ्दै गएका छन् । मधेश प्रदेशका २२ जनामा डेंगुको संक्रमण पुष्टि भएको हो ।

    मधेश प्रदेश स्वास्थ्य निर्देशनालय सपही, धनुषाका प्रमुख डा. राजिव कुमार झाले साउन महिनामै डेंगुका २२ रोगी फेला परेको जानकारी दिए । उनका अनुसार साउन अगाडि यो प्रदेशमा डेंगुको संक्रमण पुष्टि भएको थिएन् ।’

    उनका अनुसार पर्सा र सिरहामा डेंगुका बढी बिरामी भेटिएका छन् । अन्य जिल्लामा १÷२ जनामा मात्र संक्रमण देखिएको छ । सबैको अवस्था सामान्य छ । सबै विरामी घरमै स्वास्थ्यकर्मीको निगरानीमा उपचाररत छन् ।

    डेंगु संक्रमित बिरामी भेटिएको क्षेत्रमा लार्भा नष्ट पार्ने अभियान सुरु भइसकेको डा. झाले दावी गरे । उनले भने, ‘जिल्ला स्वास्थ्य कार्यालयहरु र स्वास्थ्य संस्थाहरुमा लार्भा मार्ने औषधी पुगिसकेको छ । स्थानीय तहको समन्वयमा लार्भा रहेको सम्भावित ठाउँहरुमा औषधी छर्किने काम पनि भइरहेको छ ।’

    एडिस जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेले टोकेपछि मानिस डेंगु संक्रमित हुन्छन् । डेंगुको संक्रमण एक मानिसबाट अर्को मानिसमा सर्छ यो सरुवा रोग हो । अहिले कोशी प्रदेशमा सबभन्दा बढी डेंगुका संक्रमित भेटिएका छन् । कोशीबाटै मधेशमा डेंगु छिरेको हुनसक्छ ।

    डेंगु फैलाउने एडिस जातिका लामखुट्टे गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरूमा जमेको सफा पानीमा लार्भा छोड्छ । ति ठाउँहरुबाट लार्भा नष्ट गरिए मात्र डेंगुको संक्रमण रोक्न सकिने चिकित्सकहरु बताउँछन् ।

    ‘सार्वजनिक ठाउँमा जमेको पानीमा औषधि छर्किने काम भइरहेको छ’, डा। झाले भने, ‘लार्भा नष्ट पार्ने औषधी घरमा छर्किन पनि मिल्दैन । मानिसको स्वास्थ्यमा असर गर्छ । त्यसैले घरमा राखिने गमला, फुलदानी वा पानी जम्ने अन्य स्थानहरुमा आफैंले सतर्कता पूर्वक औषधी छर्किनुपर्छ ।’

     

    प्रकाशित मिति :श्रावण १८ २०८० बिहिवार - १५:२२:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij