२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । आज विहीबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज सुनको मुल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो ।
बुधबार प्रतितोला १ लाख १२ हजार ४ सयमा किनबेच भएको छापावाल सुन आज प्रति तोला १ लाख १२ हजार २ सय रुपैयाँमा किनबेच भईरहेको छ ।
महासंघका अनुसार आज तेजावी सुन पनि तोलामा २ सय रुपैयाँले घटेको छ । आज तेजावी सुन प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ।
यता, चाँदीको मुल्य प्रतितोला ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij