Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

प्रदेश र स्थानीय तहको खरिद प्रतिस्पर्धी क्षमता विकास गरिँदै

प्रदेश र स्थानीय तहको खरिद प्रतिस्पर्धी क्षमता विकास गरिँदै


  • 2.0K
    Shares

    • images
    प्रदेश र स्थानीय तहको खरिद प्रतिस्पर्धी क्षमता विकास गरिँदै
    images

    काठमाडौँ । सरकारको कूल खर्चको लगभग ६० प्रतिशत रकम सार्वजनिक खरिदमार्फत खर्च हुने गरेको छ । सार्वजनिक खरिद प्रतिस्पर्धी स्वच्छ तथा मितव्ययी हुनुपर्ने भएकाले सरकारले उक्त प्रणालीमार्फत खरिद प्रक्रियालाई पारदर्शीतासहित प्रदेश र स्थानीय तहको क्षमता विकासमा जोड दिएको छ । 

    सार्वजनिक खरिद अनुगमन कार्यालयलका सचिव डा. दामोदर रेग्मीले सरलीकृत र सबैले बुझ्न सक्ने गरी खरिद निर्देशिका बनाउने तयारी भइरहेको जानकारी दिए । उनले भने, ‘सार्वजनिक निकायको खरिद वातावरण प्रतिस्पर्धी र पदाधिकारीमा खरिद तत्परता वृद्धि भएमा मात्र सार्वजनिक खरिद प्रक्रिया प्रभावकारी हुन सक्छ ।’ 

    सार्वजनिक खरिद प्रक्रिया आफैँमा प्राविधिक विषय र यसका कानुन जटिल प्रकृतिका भएकाले सरल निर्देशिका तयार गरी जटिलतालाई सरल बनाउन कार्यालय लागिपरेको सचिव डा. रेग्मीले बताए । 

    संघीय कार्यालयका अतिरिक्त प्रदेश र स्थानीय तहका कार्यालयले अनुभूत गरेको यस समस्यालाई समाधान गर्न यथाशीघ्र सरल निर्देशिका तयार गरिने उनले जानकारी दिए । कार्यालयले प्रदेश र स्थानीय तहमा खरिद कार्यको क्षमता अभिवृद्धि गर्न खरिद तालिम सघन रूपमा सञ्चालन गर्न लागेको छ ।

    खरिदका तालिम सार्वजनिक खरिद अनुगमन कार्यालय र सम्बन्धित निकायको सहकार्यमा सञ्चालन गरिनेछन् । यसबाट खरिदसम्बन्धी जनशक्तिको क्षमता विकास भई  खरिद कार्य प्रभावकारी र प्रतिस्पर्धी बन्ने कार्यालयको विश्वास छ । 

    प्रकाशित मिति :श्रावण १७ २०८० बुधवार - १६:४६:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij