Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

माइती नेपाललाई एम्बुलेन्स प्रदान गर्ने सांसद शर्माको घोषणा

माइती नेपाललाई एम्बुलेन्स प्रदान गर्ने सांसद शर्माको घोषणा


  • 2.2K
    Shares

    • images
    माइती नेपाललाई एम्बुलेन्स प्रदान गर्ने सांसद शर्माको घोषणा
    images

    काठमाडौँ । प्रतिनिधिसभा सदस्य डा.सुनिल शर्माले माइती नेपाललाई एम्बुलेन्स प्रदान गर्ने घोषणा गरेका छन् । मानव बेचविखन विरुद्धको विश्व दिवसको अवसरमा माइती नेपालले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै सांसद शर्माले यस्तो घोषणा गरेका हुन् ।

    सिएनएन हिरोसमेत बनिसकेकी अनुराधा कोइरालाले सञ्चालन गरेको माइती नेपालले महिला तथा बालबालिका बेचविखन विरुद्ध काम गर्दै आएको छ । सो संस्थाले एम्बुलेन्सको स्वीकृति लिएको ७२ घण्टाभित्र एम्बुलेन्स खरिद गरिदिने सांसद शर्माले बताए । 

    मोरङको क्षेत्र नं ३ बाट निर्वाचित सांसद शर्माले यसअघि पनि विभिन्न सामाजिक संघ संस्थालाई एक दर्जन बढी एम्बुलेन्स दिइसकेका छन् । पूर्वी पहाडी जिल्ला पाँचथर र कर्णाली प्रदेशको विकट जिल्ला कालीकोटमा पनि सांसद शर्माले एम्बुलेन्स दिएका छन् । झापा, मोरङमा पनि सांसद शर्माले प्रदान गरेका एम्बुलेन्सबाट धेरै विरामीले सेवा पाइरहेका छन् ।

    काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजको अध्यक्ष हुँदा डा।शर्माले २०७८ असार ११ गते माइती नेपालसँग सम्झौता गरी यौनकर्मी, एचआइभी संक्रमण पीडित तथा अनाथ बालबालिकालाई ५० लाख बराबरको नि: शुल्क उपचार गर्ने व्यवस्था मिलाइदिएका थिए । 

    माइती नेपालमार्फत आउँनेलाई दिइदै आएको निःशुल्क उपचार सेवालाई निरन्तरता दिइने सांसद शर्माले जानकारी दिएका छन् ।

    प्रकाशित मिति :श्रावण १७ २०८० बुधवार - १५:३९:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij