२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौँ । आज (बुधबार) नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मुल्य प्रतितोला ६ सय रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको हो ।
मंगलबार प्रतितोला १ लाख १३ हजार रुपैयाँ पर्ने छापावाल सुनको मुल्य आज १ लाख १२ हजार ४ सय रुपैयाँमा झरेको छ भने १ लाख १२ हजार ४ सय ५० रुपैयाँ पर्ने तेजावी सुनलाई १ लाख ११ हजार ८ सय ५० रुपैयाँ पर्ने भएको छ ।
यता, चाँदी भने प्रतितोला १ हजार ४ सय ६० रुपैयाँ पर्ने महासङ्घले जनाएको छ । यसअघि चाँदी प्रतितोला १ हजार ४ सय ७५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij