Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बढ्यो सुनचाँदीको मुल्य, आज कतिमा हुँदैछ खरिद–बिक्री ? 

बढ्यो सुनचाँदीको मुल्य, आज कतिमा हुँदैछ खरिद–बिक्री ? 


  • 2.7K
    Shares

    • images
    बढ्यो सुनचाँदीको  मुल्य, आज कतिमा हुँदैछ खरिद–बिक्री ? 

    काठमाडौँ । नेपाली बजारमा आज मङ्गलबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज सुनको मुल्य प्रतितोला ४ सय रुपैयाँले बढेको हो । 

    सोमबार घटेर प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँ कायम भएको छापावाल सुनको भाउ आज पुन: बढेर १ लाख १३ हजार रुपैयाँ पुगेको छ । 

    त्यस्तै, यसअघि प्रतितोला १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको तेजावी सुनलाई आज १ लाख १२ हजार ४ सय ५० रुपैयाँ पुगेको छ । 

    यता, चाँदीको मुल्य प्रतितोला २५ रुपैयाँ बढेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ४ सय ५० रुपैयाँ रहेको चाँदीको मुल्य बढेर १ हजार ४ सय ७५ रुपैयाँ पुगेको हो । 

     

    प्रकाशित मिति :श्रावण १६ २०८० मंगलवार - ११:३९:३४ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij