२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौँ । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।
यसअघि प्रतितोला १ लाख १२ हजार ९ सय रुपैयाँ पुगेको छापावाल सुनलाई आज १ लाख १२ हजार ६ सय रुपैयाँ पर्नेछ भने १ लाख १२ हजार ३ सय ५० रुपैयाँ पर्ने तेजावी सुनलाई १ लाख १२ हजार ५० रुपैयाँ पर्नेछ ।
त्यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँ पुगेको चाँदीको मुल्य आज १ हजार ४ सय ५० रुपैयाँमा झरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij