Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड

हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड


  • 3.0K
    Shares

    हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले दुई अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । इन्स्योरेन्स एसिया सिंगापुरले, हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई दुईवटा प्रतिष्ठित पुरस्कारले सम्मानित गरेको हो ।

    २०२३ जुलाई २९ मा सिंगापुरमा आयोजित एक भव्य समारोहका विच Insurance Inclusion Initiative of the year Nepal New Insurance Product of the Year Nepal दुईवटा सम्मानद्वारा कम्पनीलाई समानित गरेको छ ।

    उक्त सम्मान समाराेहमा कम्पनीका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले संयुक्तरूपमा ग्रहण गरेका हुन् । एशियाकै ख्यातीप्राप्त बीमा समिक्षकहरु PWC Hong Kong. Ernst and Young LLP (EYA KPMG Singapore र Deloittee ले हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई उक्त पुरस्कारको लागि छनौट गरेको थियो । बीमा व्यवसायलाई समय सापेक्ष प्रविधिमैत्री, आधुनिक र व्यावसायिक बनाउदै लैजाने हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रयासलाई पहिचान गरी सम्मानित भएको छ ।

    पुरस्कार प्राप्त गरेकोमा कम्पनीले आइतबार होटल हिमालय, ललितपुरमा नेपाल बीमा प्राधिकरणका कार्यकारी अध्यक्ष सुर्य प्रसाद शिलवालको उपस्थितिमा एक समारोह आयोजना गरी खुशियाली मनाएको छ । उक्त अवसरमा बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद शिलवाल र कम्पनीका संचालक समितिका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठले संयुक्त रुपमा उक्त पुरस्कारहरु सार्वजनिक गरेका हुन् ।

    उक्त अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्षबाट कम्पनीलाई बधाई ज्ञापन गर्दै त्यस्ता अन्तर्राष्ट्रिय पुरस्कारहरुबाट नेपाली बीमा क्षेत्रको गरिमा बढ्ने कुरा उल्लेख गरे ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले यस्ता पुरस्कार प्राप्तीले नेपाली बीमा क्षेत्रलाई थप उचाई पुराउने बताए । “उक्त अवार्डबाट हामी उत्साहित भएका छौ” शाहले भने, “आउदा दिनहरुमा कम्पनीलाई अझ प्रविधि मैत्री र आधुनिकरण गर्दै लैजान प्रेरणा मिलेको छ ।”

     

    प्रकाशित मिति :श्रावण १४ २०८० आइतवार - १७:५४:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij