Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


  • 2.7K
    Shares

    बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको मुल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो । 

    शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आइतबार बढेर १ लाख १२ हजार ९ सय रुपैयाँ पुगेको हो ।त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १२ हजार ३ सय ५० रुपैयाँ पुगेको छ । यसअघि यो सुनको मूल्य १ लाख १२ हजार ५० रुपैयाँ थियो । 

    यता, चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४ सय ५५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । यसअघि चाँदीको भाउ १ हजार ४ सय ५० रुपैयाँ थियो । 

    प्रकाशित मिति :श्रावण १४ २०८० आइतवार - १०:२२:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij